लोकेन्द्रबहादुर चन्दका छोरा १० अर्ब ऋण नतिरी बेपत्ता, सरकारलाई आइपर्यो आपत

४ बर्ष अगाडि

काठमाडौं – वासुलिंग सुगर एण्ड जनरल इण्डष्ट्रिजको नाममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको छोरा अरुण चन्दले लिएको ऋण नतिरेपछि बैंक तथा वित्तीय संस्था चरम हैरानीमा परेका छन् ।

सरकारी वित्तीय संस्थाबाट २०५२ देखि २०५४ सालसम्म उनले रु ४७ करोड ऋण लिएका थिए ।

चन्दका छोरा छोरा अरुण चन्दले तिर्न आवश्यक ठानेनन् । अर्थात कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कर्मचारी सञ्चय कोष र तत्कालिन औद्योगिक विकास निगम समेत गरी ५ वित्तीय संस्थाको सहवित्तीयकरणमा लिएको कर्जा र यसमा लाग्ने ब्याज भुक्तानी गरेका छैनन् । ती सबै वित्तीय संस्था सरकारी स्वामित्वका हुन् ।

शक्तिको आडमा लिएको ऋण देशमा राजनीतिक परिवर्तन आएपनि अहिलेसम्म चुक्ता हुन सकेको छैन । राजनीतिक आडमा लिएको ऋण २४ वर्षसम्म पनि नतिरेपछि सहवित्तीयकरणमा जुटेका संस्थाहरू अहिले व्यक्तिगत सम्पत्तिबाट पनि ऋण असुल गर्ने तयारीमा जुटेको स्रोतले जानकारी छ ।

साधारणतया कर्जा लिएपछि समय मै बुझाउनु पर्छ, यो नियमित प्रक्रिया हो । कर्जा लिएको साढे दुई दशकको यो अवधिमा कर्जाको सावाँ र ब्याज बढेर २०७४ सालसम्म रु १० अर्ब ३३ करोड पुगिसकेको छ । त्यसपछि हिसाव देखिएको छैन ।

ऋणीलाई कर्जा तिर्न बैकहरूले ताकेता गरेपनि कुनै सुनुवाई भएको छैन । सो उद्योगमा  आठ जना लगानीकर्ता छन् । त्यसमा भारतीय नागरिक विजयकुमार गोयल, शुशीला राणा, राजेन्द्रबहादुर चन्द, हर्कवहादुर चन्द, गणेश दत्त भट्ट, अरुण मल्ल र लोकेन्दबहादुर चन्दका छोरा अरुण चन्द छन् ।

यस अवधिमा उद्योगले थोरै ऋण तिरेपनि कर्जाको दाँजोमा त्यो नगन्य देखिएको छ । उक्त उद्योग आव २०६१÷६२ देखि बन्द छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया