२ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त परिमाणको ट्रेजरी मंगलबार जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि मात्रै २ अर्ब २६ करोडको ट्रेजरी जारी गर्न लागिएको जनाएको छ । यसका लागि राष्ट्र बैंकले सोमबार नै बोलकवोलमा सहभागी हुन आग्रह गरेको छ ।  सोमबार २ बजे बोलकवोल भएर मंगलबार जारी हुने ट्रेजरी ०७६ चैत २७ गते परिपक्व हुनेछ ।

यसअघि राष्ट्र बैंकले मंसिर १६ गते ३ अर्ब १३ करोड रुपैयाँको टे«जरी बिल जारी गरेको थियो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष)स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहुमूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया