कहाँ पुग्यो सेबोनको अध्यक्ष बन्ने लिगलिगे दौड, यी हुन मुख्य प्रतिस्पर्धी

४ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न विभिन्न आठ जनाले लिलिगे दौड शुरु गरेको लामै समय भयो । तर सरकारी छनोट समितिले भने कुनै निर्णय गरेको छैन ।

अध्यक्ष बन्ने दौडमा केही बोर्डका कर्मचारी छन् भने केहीआफूलाई विज्ञ बताउनेपनि छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य सदस्य रहेको छनौट समिति गठन गरेका थिए ।

समितिले आव्हान गरेको मिति भित्र ८ जनाले आवेदन दिएका हुन् । बोर्ड अध्यक्षका लागि नेपाल राष्ट्रका पूर्व कार्यकारी निर्देशक तथा हाल बोर्डका सञ्चालक रहेका भिष्मकुमार ढुंगाना, बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व जिएम सिताराम थपलिया, ब्रोकर कम्पनीका मालिक नरेन्द्र सिँजापति, बोर्डका पूर्व सञ्चालक निलसारु मगर, डा. केशवप्रसाद श्रेष्ठ र डा. बलराम पाठकले दरखास्त दिएका छन् । उनीहरुमध्ये ३ जनालाई प्रारम्भिक छनौट गरेर समितिले बुझाउने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया