पहिलोपलट बिजुली बल्दा तीन सय घरधुरी लाभान्वित

४ बर्ष अगाडि

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् । बिजुली बत्ती बलेपछि लाभान्वित तीन सय घरधुरीमा खुशीयाली छाएको छ ।

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् ‘स्विच अन’ गरेको राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सचिव रवीन्द्रकुमार मण्डलले जानकारी दिए ।

गाउँपालिकाको आर्थिक वर्ष २०७४–७५ मा रु १० लाख तथा २०७५–७६ मा १५ लाख गरी कूल २५ लाखको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया