माथिल्लो भोटेकोशीको परिक्षण प्रशारण सुरु

४ बर्ष अगाडि

झण्डै छ बर्षदेखि बन्द रहेको जिजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोपजना आईतबारदेखि परिक्षण प्रशारण सुरु गरिएको छ । आईतबार देखि परिक्षण प्रशारण गरिए पनि आगमी १५ दिनपछिबाट मात्रै व्यापारिक उत्पादन गरिने आयोजनाले जनाएको छ । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पिङकट्टी झिर्पुमा विद्युतगृह रहेको आयोजनाबाट परीक्षण प्रसारण गरिएको हो । पटकपटकको प्राकृतिक प्रकोपबाट यो आयोजना बन्द रहेको थियो ।

हाल दुबै युनिट सञ्चालनमा ल्याईएको छ । पानीको बहाव कम भएकाको कारण दैनिक २२ देखि २५ मेघावाट मात्रै विद्युत उत्पादन भएको पनि आयोजनाले बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया