कोहलपुर तनाबग्रस्त, कर्फ्यू लगाउने प्रशासनको तयारी

४ बर्ष अगाडि

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट स्कुलले बालिकाको मृत्यु भएपछि उत्पन्न तनाबले उग्र रुप लिएपछि प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अबस्था नियन्त्रणभन्दा बाहिर जान लागेकोले कर्फ्यू लगाउने अबस्था आएको बताए ।

उनले सुरक्षा समितिको बैठक बसेर कर्फ्यू लगाउने निर्णय गर्ने पनि बताए ।

त्यस्तै प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया