एभरेष्ट बैंकले सानागाउँमा शाखा खोल्ने

४ बर्ष अगाडि

एभरेष्ट बैंक लिमिटेडले ललितपुरको साना गाउँमा नयाँ शाखा खोल्ने भएको छ । 

बैंकले त्यस क्षेत्रका जनतालाई अझै नजिक र सहज रुपमा बैंकिङ्ग सुविधा दिनका लागि सानागाउँमा शाखा खोल्न लागेको जनाएको छ । 

एभरेष्टले आफूलाई दिगो, दरिलो र विश्वासिलो बैंक दावी गर्दै आएको छ । 

बैंकले हाल ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएममार्फत वित्तीय सेवा दिँदै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया