मस्तिष्क पक्षघात भएकाहरुको विद्यालयलाई एभरेष्ट बैंकको स्कूल भ्यान

४ बर्ष अगाडि

एभरेष्ट बैंक लिमिटेडले मस्तिष्क पक्षघात भएकाहरुलाई सहयोग गर्ने संस्था ‘सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी (एसजिसिपी)लाई स्कुल भ्यान सहयोग गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धापाखेलस्थित एसजिसिपीलाई स्कुल भ्यान सहयोग गरेको हो ।

बैंकका निर्देशक बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले एसजिसिपीका प्रमुख कार्यकारी अधिकृत विमललाल श्रेष्ठलाई भ्यान हस्तान्तरण गरेका हुन् । 

एसजिसिपी एक गैरसरकारी तथा गैरनाफामूलक संस्था हो, जसले सेरेब्रल पाल्सी (मस्तिष्क पक्षघात) भएका बालबालिका र युवालाई सहयोग गर्दै आएको छ । 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया