होटलमा आगलागी करौँडोको क्षति

४ बर्ष अगाडि

पूर्वपश्चिम राजमार्गअन्तर्गत इटहरीको मुख्य चोकमा रहेको सूर्य कम्प्लेक्सभित्रको बिगबार होटलमा शनिबार मध्य राति १२ बजे आगलागी हुँदा करोडौंँको क्षति भएको छ । इटहरीको पश्चिमलाइनस्थित सो होटलमा विद्युत् चुहिई आगलागी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

आगलागीबाट  चार करोड क्षति भएको बिगबारका सञ्चालक किरणकुमार बुढाथोकीले बताए। आगो इटहरी, सुन्दरहरैंचा, धरान, इनरूवालगायत नौ वारूणयन्त्रको करीब साढे ३ घण्टाको मेहनतपछि नियन्त्रणमा आएको थियो । चौथो तलामाथिबाट शुरु भएको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुश्किल भएको थियो । पर्यटकलाई लक्ष्य गर्दै सो होटल २०७५ माघदेखि सञ्चालनमा ल्याइएको थियो ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया