टिमुरेमा गैरकानूनी सामान बरामद

४ बर्ष अगाडि

रसुवागढी नाकाबाट गैरकानूनी तवरमा नेपाल भित्र्याई टिमुरेमा लुकाइराखिएका ठूलो परिमाणको सामग्री बरामद भएको छ । 

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार बरामद भएका सामानमा तयारी कपडा, सिलाइ यन्त्र र सवारी साधनका पुर्जा छन् । 

टिमुरे क्षेत्रमा सुख्खा बन्दरगाह  निर्माणका लागि सरकारले अधिग्रहण गरेका जग्गामा बनेका घरटहरा भत्काउने क्रममा  त्यहाँ  गैरकानूनी तवरले लुकाइछिपाई राखिएका सामान बरामद भएको बताइएको छ । 

उक्त सामान सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नम्बर गुल्मले बरामद गरेको हो ।  सामान निकाल्ने काम अगाडि बढिसकेको सशस्त्रका प्रहरी नायब उपरीक्षक  लक्ष्मण थापाले  जानकारी दिए । सामानको परिमाण र र मूल्य यकिन गर्ने काम भइरहेको  भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया