तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

४ बर्ष अगाडि

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । 

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् । 

साग पदक तालिका :

देश          स्वर्ण    कास्य    रजत    जम्मा
भारत        १३१    ७७    ४०    २४८
नेपाल        ४५    ४४    ७५    १६४
श्रीलङ्का       ३४    ६६    ९३    १९३
पाकिस्तान  २८    ३४    ४३    १०५
बङ्गलादेश   ८    २८    ६६    १०२
माल्दिभ्स    १     ०       २      ३
भूटान        ०     ०       ९      ९

४ बर्ष अगाडि

प्रतिक्रिया