१३२ कभीको विद्युत प्रसारण लाइनको काम शुरु

४ बर्ष अगाडि

बाँकेको राप्तीसोनारी गाउँपालिकाको बिनौनामा विद्युत् प्रसारण लाइन विस्तारको काम शुरु भएको छ । ठेकेदारको ढिलाइका कारण लामो समयसम्म रोकिएको १३२ केभीको प्रसारण लाइन विद्युत्तको खम्बा गाडने काम शुरु गरिएको हो । बिनौनाको धामपुर सबस्टेशनसम्म लाइन पुगिसके पनि सडक छेउमा पोल नगाडदा बस्तीमा विद्युत् सेवा पुर्याउन सकिएको थिएन ।

गाउँमा पोल गाड्ने कामको सुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य पार्वती पुन उषाले पोल गाड्ने कार्यको शिलान्यास गरिन । राप्तीसोनारी–५ को चिलहरिया, बिनौना, टरुवा, सन्तपुर, जुरपानी, ललही, नयाँ बस्ती, बञ्जरिया, दक्षिण मुलाहा, अलीनगर, रामायणपुर र गोरधुईमा एक वर्षभित्र काम सक्ने गरी रेणु निर्माण कम्पनीले ठेक्का लिएको छ  ।

सो निर्माण कम्पनीका प्राविधिक भरतबहादुर खत्रीले एचटी लाइन १५ दशमलव दुई किलोमिटर र एलटी लाइन १६ किलोमिटर विस्तार गरिने जानकारी दिैए ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया