धितोपत्र बजारमा उत्साह, १३ अंकले बढ्दा ४६ करोडको कारोबार

४ बर्ष अगाडि

साताको दोस्रो कारोबारका दिन नेप्सेमा उत्साहजनक बृद्धि आएको छ ।

बजार खुलेको केही समयमा ओरालो लागेको नेप्से परिसुचक पुन उकालो लागेपछि १३.५१ अंकले बढेको हो । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६५ अंकले बढेको छ । 

आज ११३५.३७ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से अन्तिम समय सम्म आइपुग्दा ११५९.०५ अंकमा पुगेको छ । कारोबारको अन्तिम घण्टा परिसुचक १९ अंकको हारहारीमा बढेर ११५४.८४ को बिन्दुमा पुगेको थियो ।तर कारोबार बन्द हुन लाग्दा नेप्से १३ अंकमा झरेको हो ।

आज कारोबारमा आएका सामुहिम लगानी कोष बाहेक सबै समुह बढे्दा  कूल १७१ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरीद बिक्री भएका छन् ।
आज ११ बजे ११३५.३७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने कारोबारको अन्तिम समय सम्म आउँदा त्यो परिसुचक १.१९ प्रतिशतले बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया