बुटवल पावर कम्पनीले २८ प्रतिशत लाभांश दिने

४ बर्ष अगाडि

निजी क्षेत्रको विद्युत् उत्पादक कम्पनी बुटवल पावर कम्पनीले आफ्ना शेयरधनीलाई कूल २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५–७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश एवं १० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी २७ औँ वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । कम्पनीले खिम्ती जलविद्युत् आयोजना,झिमरुक र आँधीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आव २०७५–७६ को खुद मुनाफासहितको सञ्चितीबाट आफ्ना शेयरधनीलाई सात प्रतिशत शेयर लाभांश तथा कर प्रयोजनका लागि ०।३७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै विजय लघुवित्त वित्तीय संस्थाले आव २०७५–७६ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीका अनुसार १५ प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसमा शेयर लाभांशतर्फ  दुई करोड ९२ लाख २१ हजार ५०० र नगद लाभांशतर्फ  ९७ लाख ४० हजार ५०० वितरण गर्ने प्रस्ताव गरिएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।     

४ बर्ष अगाडि

प्रतिक्रिया