कबड्डीमा भारतलाई दोहोरो उपाधि

४ बर्ष अगाडि

सागअन्तर्गत कबड्डीको पुरुष÷महिला दुवैमा सोमबार भारत च्याम्पियन बनेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको पुरुष फाइनलमा भारतले श्रीलंकालाई ५१–१८ ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा भारतले नेपाललाई ५०–१३ ले हरायो । सागको कबड्डीमा कुनैपनि नेपाली टोली दोश्रो भएको यो पहिलो पटक हो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुषमा ५ तथा महिलामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्ने टोलीले पुनः उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया