विद्यार्थीलाई रबरको गोली हानेको भन्दै काँग्रेस आक्रोशित

४ बर्ष अगाडि

आइतबार बाँकेको कोहलपुरमा भएको घटनाप्रति काँग्रेसले आफ्नो गम्भीर ध्यानाकर्ष भएको जनाएको छ । 
काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘विद्यालय जाँदै गेरेकी छात्रा प्र्रकृति चन्दलाई ट्रकले खुट्टामा कुल्चेर गम्भीर घाइते बनाएको र सो घटनाको विरोधमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले रबर गोली, अश्रु ग्याँस तथा कुटपिट गरी दमन गर्न खोजेको घटना प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति व्यक्त गर्दछ’ ,भनेका छन् । 
 
विज्ञप्तिमा प्रहरीले शान्ति सुरक्षा कायम गरेर आफ्नो कर्तव्य पालना गर्नुको साटो त्यसको ठिक विपरित गैरजिम्मेवारपूर्ण ढंगले घटनालाई झन उत्तेजित र आक्रोशित बनाउने कार्य गरेको आरोप लगाइएको छ । 
विद्यालय भित्र रहेका विद्यार्थी लगायत बाटोमा हिडिरहेका सर्वसाधारणलाई समेत कुटपिट गरेको घटना अत्यन्त निन्दनीय भएको काँग्रेसले जनाएको छ । 
काँग्रेसले घाइते विद्यार्थीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया