प्रचण्ड कार्यकारी बनेसँगै नेकपाको संगठनात्मक सक्रियता बढ्यो

४ बर्ष अगाडि

अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि नेकपाको संगठनात्मक सक्रियता बढेको छ । 

सोमबार बसेको सचिवालय बैठकले स्थायी समिति डाक्नेसहित लामो समयदेखि अवरुद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ । त्यस्तै, अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद मत्थरजस्त कार्य तत्काल हुने भएको छ । अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको हो । यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया