पुरुष सांसदले के गरे यस्तो

४ बर्ष अगाडि

 गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकाे खबर कान्तिपुरले छापेकाे छ । भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?,’ उनले भनिन् । पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् । अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्छन्, गफ गरेर बसेका छौँ भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’
 

४ बर्ष अगाडि

प्रतिक्रिया