साना तथा मझौता व्यवसाय गर्न सिदार्थ बैंकबाट ७५ लाखसम्म्म ऋण पाइने

४ बर्ष अगाडि

काठमाडौं – सिद्धार्थ बैंकले साना तथा मझौता व्यवसाय गर्ने व्यवसायीलाई रू. ७५ लाखसम्म कर्जा दिने भएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दे सहज रुपमा यस्तो कर्जा दिने बताएको हो ।
चालु पुँजी तथा स्थायी सम्पतिको ८० प्रतिशतसम्मको कर्जा सुविधा दिने बैंकको भनाइ छ । साथै, ऋणमा पूर्व भुक्तानी शुल्क पनि नलाग्ने बैंकको भनाइ छ । साथै, ऋण लिनेलाई निःशुल्क क्रेडिट कार्ड र एसएमएस अलर्ट को सुविधा दिने बताएको छ । लकरमा पनि ५० प्रतिशतसम्म छुट पाइने बैंकको भनाइ छ । 
बैंकले १० बर्षसम्मका लागि यस्तो ऋण दिने योजना ल्याएको हो । यद्यपि, त्यसमा व्याजदर भने उल्लेख गरिएको छैन । नेपालका सबै ठाउँमा रहेका सिदार्थ बैंकको शाखा कार्यलय तथा एक्सटेन्सन काउण्टरबाट यो सुविधा उपभोग गर्नपाइने बैंकको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया