कृषी विकास बैंकले ३० प्रतिशत लाभांश दिने

४ बर्ष अगाडि

कृषि विकास बैंकले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल बैंकको १४ अर्ब ४४ करोड ८२ लाख रुपैयाँँ चुक्ता पूँजी रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया