१३ औं साग आज सकिँदै, कहाँ हुदैंछ १४ औं साग

४ बर्ष अगाडि

काठमाडौं – नेपालले आयोजन गर्ने अवसर पाएको १३ औं दक्षिण एसियाली खेलकुख (साग) आज समापन हुदैंछ । बाँकी खेलहरूको फाइनलपछि साँझ ५ बजेदेखि सागको समापान कार्यक्रम हुने बताइएको छ । गत मंसिर १५ गतेदेखि साग सुरु भएको थियो । आज रंगशालामा भिआईपी व्यत्तित्वहरुको उपस्थीतिमा साग समापान गरिदै छ । 
दशरथ रंगशलामा अपरान्ह समापन समारोह शुरुहुनु पूर्व फुटबल खेलको फाइनल हुने छ भने बाँकी अरु खेलहरु त्यसअघि नै सम्पन्न हुने छन् । समापनको अन्तिम दिनसम्म आइपुग्दा नेपाल ४९ स्वर्णसहित तालिकाको दोस्रो स्थानमा छ । नेपालले ५० स्वर्ण पदक जित्ने लक्ष्य लिएको छ । 
नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल अपरान्ह ३ बजे दशरथ रंगशालामा हुने छ । भुटान र माल्दिभ्सबीच महिला बास्केटबलको तेश्रो स्थानको खेल बिहान ८ बजे र पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल बिहान साढे १० बजे, राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा भइरहेको छ । 
पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल अपरान्ह १ बजे र महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल अपरान्ह साढे ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा हुने छ ।  बक्सिङमा ८ स्वर्णका लागि अपरान्ह १ बजेदेखि अन्तर्राष्ट्रिय खेलकुद परिसर, कराते हल, सातदोबाटोमा प्रतिस्पर्धा हुने छ ।
यस्तै, आज स्क्वासको फाइनल खेल हुने छ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ ।

जुडोमा १ स्वर्णका लागि बिहान ९ बजेदेखि खेल सुरु भएको छ ।  फाइनल साढे १२ बजेदेखि शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा शुरु हुने छ । 
नेपालले तेस्रो पटक साग आयोजना सम्पन्न गर्दैछ । अब हुने  १४ औं साग पाकिस्तानले आयोजन गर्ने भएको छ, जसअनुसार नेपालले समापन समारोहमा पाकिस्तानलाई सागको झण्डा प्रदान गर्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया