सोल्टी होटलको २६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

सोल्टी होटल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

साधारण सभा प्रयोजनको लागि होटलले मंसिर २५ गतेदेखि बुकक्लोज गर्ने भएपछी आज सम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउने भएका हुन ।

यस अघि होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २६।३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न होटलले पौष २४ गते अनफ्नो ४५ औँ साधारण सभा बोलाएको छ ।

हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ भने बोनस शेयर वितरण पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया