बढ्दै प्रहरीको ज्यादतीः सागको अन्तिम दिन रंगशाला भित्रै प्रहरीद्धारा कुटिए पत्रकार

४ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय नेपालमा प्रहरीको ज्यादती बढ्दै गएको छ । प्रहरीले केही दिन अघि कोहलपुरमा विद्यार्थीमाथि अभद्र व्यवहार गरेको घटना सेलाउन नपाउँदै प्रहरीले मंगलबार (आज) काठमाडौंमा पत्रकार माथि कुटपीट गरेको छ । 
आज दक्षिण एसियाली खेकुद (साग) को समापन गरिदै छ । सोही कार्यक्रमको रिपोर्टीङका लागि त्यहाँ पुगेका केही पत्रकारलाई प्रहरीले कुटेर घाइते बताएको छ । 
सागको टिकट मुल्य बृद्धिको बिषयमा दर्शकले गेट बाहिर विरोध गरिरहेका थिए । त्यसको भिडियो खिचेको भन्दै प्रहरीले पत्रकार माथि हातपात गरेको हो । प्रहरीको यो व्यवहारले प्रेस स्वतन्त्रता माथि ठुलो प्रश्न उठेको छ । सागका सहभागी हुन बिभिन्न देशका उच्च पदस्थ अधिकारी तथा खेलाडी आएका छन् । साथै, विदेशी पत्रकार पनि रिपोर्टिङका लागि आएका छन् । यो अवस्थामा प्रहरीको यो व्यवहारले नेपालको छवि बिगार्ने देखिन्छ । उनले सागले पत्रकारलाइ दिएको बिशेष आइडी समेत लगाएका थिए । तर, प्रहरीले भिडियो खिचेको भन्दै हात हाल्यो । 
प्रहरीबाट कुटिनेमा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईं  रहेका छन् । उनको कानमा चोट लागेको छ । साथै, उनी माथि अशब्द पनि बोलेको बताइएको छ । हाल उनलाई उपचारका लागि अस्पताल लगिएको  छ । प्रहरीले सर्वसाधारण माथि अत्याधिक दमन गरेको प्रत्यक्षदर्शीको भनाइ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया