एनआईसी एसियाको थप शाखारहित बैंकिङ सेवा

४ बर्ष अगाडि

एनआईसी एसिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत शाखा खोलेको छ ।  आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणका लागि शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७, रानीनगरमा आपm्नो ४४ औं शाखारहित बैंकिङ सेवा मंसिर १९ गतेबाट सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले सञ्चालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ सेवाको उद्घाटन विनयी त्रिवेणी गाउँपालिका–६ का वडा अध्यक्ष प्रितम गुरुङ र वडा नं. ७ का वडा अध्यक्ष गोपालबहादुर क्षेत्रीको संयुक्त उपस्थितिमा भएको छ ।  उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा अनिता थापालाई नियुक्त गरिएको बैंकले जनाएको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया