भारतमा गाडीको मूल्य वृद्धि हुँदै, नेपालमा के होला अब ?

४ बर्ष अगाडि

एजेन्सी – भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीेले सन् २०२० देखि आफ्नो कारको मुल्य बढाउने भएको छ । कम्पनीका अनुसार भारतमा पछिल्लो एक वर्षमा कारको कच्चा पदार्थको मुल्य वृद्धि भएका कारणले कारको मुल्य बढाएको बताएको छ ।

कम्पनी अहिले नै कुन मोडलको मुल्य कति हुने भनेर नखुलाए पनि मोडल अनुसार कारको मुल्य वृद्धि हुने बताइएको छ ।  भारतमा देखिएको आर्थिक मन्दीका बीचमा कारको विक्रि कमभइरहेको बेलामा कारको मुल्य वृद्धिले विक्रेताहरुलाई अप्ठ्यारो पर्न सक्ने बताएका छन् । भारतमा अक्टोबरमा २.३ प्रतिशतले कारको विक्रिमा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । सेम्टेम्बरमा ३.३ प्रतिशतले अटो क्षेत्रको विक्रिमा गिरावट आएको थियो । 

यता नेपालमा पनि अटो क्षेत्रको विक्रिमा सुस्त देखिएको छ । नेपालमा राम्रो बजार रहेको मारुती सुजुकीको भारतमा मुल्य वृद्धिसँग नेपालमा पनि यसको असर पर्ने अटो क्षेत्रका व्यावसायी बताउँछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया