चाँदी आयात २६% ले घट्यो, पौने ५ अर्बको मात्रा आयात

४ बर्ष अगाडि

काठमाडौं – सुनसँगै चाँदीको मुल्य पनि आकाशिएपछि यसको आयात पनि घटेको छ । चालु आवको पहीलो चार महिनामा चाँदीको आयात २६ प्रतिशतले घटेको छ । 
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आवको कार्तिकसम्म रू. ४ अर्ब ७७ करोड ९७ लाख को चाँदी आयात भएको छ । गत आवको सोही अवधीमा ६ अर्ब ४५ करोड ६२ लाखको चाँदी आयात भएको थियो । गत आर्थिक बर्षमा कुल १६ अर्ब ८ करोड ६३ लाखको चाँदी आयात भएको थियो ।
अमेरिका र चीनको व्याापार युद्धका कारण विश्व शेयर बजारमा ह्रास आइरहेको छ । त्यसैले लगानीकर्ताहरूले सुनचाँदी किनेर होल्ड गरेका छन् । जसको फलस्वरुप अन्तरराष्ट्रिय बजारमा यसको मुल्य बढेको छ । 
नेपालमा पनि त्यसैले चाँदीको मुल्य बढेको हो । मुल्य बढेर कारोबार घटेपछि चाँदी आयात गर्न कम गरिएको थियो । यस अवधीमा सुनको पनि आयात घटेको छ । केन्द्रका अनुसार सुनको आयात ७५ प्रतिशतले घटको छ । यस अवधीमा २ अर्ब ८० करोडको मात्रा सुन आयात भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया