वडा कार्यालयका भवन बन्दै

४ बर्ष अगाडि

पाटन नगरपालिकाले वडा कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको छ । भवन नभएका र पुराना जीर्ण भवन भएका वडा कार्यालयका भवन निर्माणमा प्राथमिकता दिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । दश वडा रहेको नगरपालिकाका तीन वटा वडाका नयाँ भवन निर्माण सम्पन्न भएको र चालू आवमा थप तीन वडाका भवन निर्माण गर्न बजेट विनियोजन भएको छ । 

नगरप्रवक्ता लोकबहादुर भण्डारीका अनुसार रु ४०÷४० लाखको लागतमा वडा कार्यालयका भवन निर्माण सम्पन्न भएका हुन् । उनले भने, “वडा नं ३, ७ र ९ का वडा कार्यालय भवन निर्माण भएर सेवा सञ्चालनमा आइसकेका छन् ।” वडा कार्यालयको भवन निर्माण भएपछि दैनिक कामकाज गर्न सजिलो भएको वडाध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । नगरपालिकाले चालू आवमा ४, ५ र १० वडा कार्यालयका नयाँ भवन निर्माण गर्न बजेट विनियोजन भएको छ । नगरप्रमुख चन्दले भने, “नगरपालिकाले वडा कार्यालयबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन वडा भवन निर्माणमा प्राथमिकता दिएको हो ।” 

४ बर्ष अगाडि

प्रतिक्रिया