चेकोस्लोभाकियाको अस्पतालमा आक्रमण, चारको मृत्यु, दुई घाइते

४ बर्ष अगाडि


चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । 

यस आक्रमणमा थप दुईजना गम्भीर घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । 

ती दुर्ईको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।  

क्षेत्रीय प्रहरी प्रवक्ता पाभ्ला जिरोस्कोवाले उक्त आक्रमणमा चार जना मारिनुका साथै अन्य दुई गम्भीर घाइते भएको बताए । 

प्रहरीले हाल बेपत्ता रहेका बन्दुकधारीको खोजी गरिरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया