नेपालको मानव विकास सूचकाङ्क २ अंकले सुधार

४ बर्ष अगाडि

मानव विकास सूचकाङ्कमा नेपालको अवस्था यो वर्ष २ अंकले सुधार भएको छ । 

संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी)का अनुसार अघिल्लो वर्ष १४९ औं स्थानमा परेको नेपाल यसवर्ष १४७ औं स्थानमा परेको  हो । 

यूनडीपीले तयार पारेको उक्त प्रतिवेदन नेपालमा आज अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरे । 

नेपालले २०१८ का लागि ०.५७९ रेटिङ पाएको छ। यसलाई मध्यम मानव विकास सूचकाङ्कका रुपमा लिइन्छ। 

विगतको तुलनामा नेपालले शिक्षामा केही प्रगति गरेको टिप्पणी प्रतिवेदनमा गरिएको छ।

प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचांक औषतमा ०.५२ प्रतिशतले बढेको छ। त्यस्तै जन्मदरको औषत आयु १६.१, विद्धमान शिक्षाको मध्यम वर्ष २.८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ ले वृद्धि भएको छ।

यूएनडीपीले यसपाली १८९ वटा मुलुकहरुलाई प्रतिवेदनमा समेटेको छ । 

प्रतिवेदन अनुसार दक्षिण एसियाली भेगको मानव विकास निकै उच्च दरले बढेको देखिएको छ तर दक्षिण एसियामा नेपाल र अफगानिस्तान सबैभन्दा पुछारमा परेका छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया