नेपाललाई ऐतिहासिक सफलता दिलाउँदै सकियो १३ औं दक्षिण एसियाली खेलकुद

४ बर्ष अगाडि

दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करणमा खेलकुदका साथै सबै विधाका खेलहरु सकिएका छन । यसपटकको साग नेपालका लागि निकै उपलब्धिमुलक रह्यो । सागको इतिहासमा पहिलो पटक ५० स्वर्ण पार गरेको नेपालले यसै सागमा सागमा स्वर्ण संख्या पनि १०० कटायो ।

यतिमात्र होइन, सागको इतिहासमा पहिलो पटक धेरै खेलमा नेपालले स्वर्ण जित्न सफल भयो । यसपटकको सागमा नेपालले १२ वटा फरक खेलमा स्वर्ण जित्न सफल भयो । यसपटकको सागमा नेपालले एथ्लेटिक्स, पौडी, बक्सिङ, भारत्तोलन, फुटबल, कराते, तेक्वान्दो, साइक्लिङ, ट्रायथोलन, जुडो, उसु लगायतका खेलमा स्वर्ण हात पार्यो ।

नेपालले कुल २६ खेलमा २५ खेलमा पदक जित्यो । नेपालले स्वर्ण जित्न नसकेको खेल भनेको सुटिङ मात्र रह्यो । यतिमात्र होइन, यसपटकको सागमा नेपालले इतिहासमा नै पहिलो पटक पदक तालिकाको दोस्रो स्थानमा रह्यो ।

सन् १९९९ पछि नेपालले घरेलु मैदानमा फुटबलमा स्वर्ण जित्न सफल भयो । यस्तै यहि सागमा नेपालका धेरै खेलाडीले कीर्तिमान बनाए, चाहे त्यो पहिलो पटक स्वर्ण जित्नु होस या एकै सागमा दुई वा त्यो भन्दा बढि स्वर्ण जित्नु ।

करातेबाट सुरु भएको नेपालको पदक अन्तिममा फुटबलमा पुगेर सकियो । घरेलु भूमीको फाइदा पनि पाएको नेपालका लागि अल्टिच्युटले पनि निकै राम्रो साथ दियो । विदेशी खेलाडीले अल्टिच्युटका कारण राम्रो गर्न नसक्दा नेपालले त्यसका फाइदा उठाए ।

नेपालमा साग हुन्छ की हुँदैन भन्ने अन्योलताका विच साग सम्पन्न भएको छ । यसपटक जुन किसिमको तयारीले भएको थियो, त्यो हिसावले नेपालले सफल रुपमा आयोजना गर्यो । पुर्वाधारको तयारी अन्तिम समयसम्म हुनु, खेलाडीले आफ्नो प्रतियोगिता भेन्युमा नै तयारी गर्न नपाउनु यसपटकको सागमा कमजोरी रह्यो ।

यसका साथै ब्यवस्थापनका हिसावले भने नेपाल कतै न कतै चुक्न पुगेको थियो । सागको जस्तो ब्यवस्थापन नलागेपनि नेपालले सक्दो प्रयास गर्यो । जस्तो सुकै कमजोरी भएपनि त्यसलाई नेपालले जितेको पदकले छोपिदियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले साग त सकियो, तर आफ्नो काम अब झन दोब्बर बढेको बताए । उनले आफु चार महिना अगाडी आउँदा सागको तयारीको चटारो थियो, तर अब साग सकियो, अरुले काम सकियो सोच्छन होला, तर अब काम झन दोब्बर भएको छ । सागको समिक्षामात्र होइन, अब नबौ खेलकुदको तयारीमा अहिलेदेखि नै लाग्नुपर्नेछ ।

यसपटक जुन किसिमले सागको आयोजना भयो, आशा गरौ नबौ राष्ट्रिय खेलकुदपनि हतार हतारमा अन्तिम समयमा नहोस भन्ने आशा गरौ ।

४ बर्ष अगाडि

प्रतिक्रिया