सागमा  भुटान र भाल्दिभ्स कमजोर

४ बर्ष अगाडि

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) सम्पन्न भएको छ । प्रिितयोगितामा भुटान स्वर्णपदकबिहीन बनेको छ । उसले ७ वटा रजत र १३ वटा कास्य पदकमात्रै जितेको छ । 
यस्तै माल्दिभ्स पनि एक स्वर्ण मात्रै  जित्न सफल रह्यो । उसले ४ कांस्य जितेको छ ।  

यस्तै भारत भने सर्वाधिक १७४ स्वर्ण जित्दै पहिलो बन्न सफल बनेको छ । उसले ९३ रजत र ४५ कांस्य पनि जितेको छ । 
यसैगरी दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जितेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले ऐतिहासिक नतिजा निकालेको हो । 
यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कांस्य जितेको छ  भने चौथो स्थानमा रहेको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्य जितेको छ । 
यसैगरी पाँचौ स्थानमा रहेको बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य जितेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया