लोकसेवाको परिक्षामा झोला र मोवाइल गेट बाहिरै

४ बर्ष अगाडि

लोक सेवा आयोगले सञ्चालन गर्ने परिक्षामा झोला र मोवाइल लैजान नपाइने भएको छ । 

आयोगले परिक्षालाई मर्यादित बनाउनका लागि झोला,  मोवाइल तथा अन्य विद्युतीय उपकरणहरु लैजान नपाइने नियम ल्याएको हो । 

अहिलेसम्म आयोगको परिक्षामा झोला परिक्षाहलभित्र अगाडि राख्न पाउने र मोवाइल ‘स्विच्ड अफ’ गरेर राख्न पाइने व्यवस्था थियो । 

तर अब झोला र मोवाइल गेटभित्रै लैजान नपाइने आयोगले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया