स्थानीय तहको लूट : भैंसी मरेको सिफारीस गर्न रु १२ सय

४ बर्ष अगाडि

नवलपरासीको कावासोती नगरपालिकाले कृषकको भैंसीको मृत्यु भएको सिफारीस गर्दा समेत चर्को शुल्क लिएपछि स्थानीय तहको लूट थामिनसक्नु भएको जनताले गुनासो गरेका छन् । 

कावासोती १४ निवासी किसान संगीता तिमिल्सिनाको भैंसीको मृत्यु भएको सिफारीस गर्दा सो वडाले १ हजार २ सय रुपैयाँ राजश्व लिएको छ । 

मंसिर १६ गते भैंसीको मृत्यु भएपछि विमा कम्पनीका लागि सर्जमिन मुचुल्का सहितको सिफारीस गर्न उनी वडा कार्यालय पुगेकी थिएन् । 

वडाध्यक्षले नेपाल इन्स्योरेन्स, बुटवलको लागि सिफारीस गर्दा सो वडाले चर्को शुल्क लिएपछि आफू रुनु न हाँस्नुको अवस्थामा पुगेको उनको भनाई छ । 

जनतालाई गाउँमै सेवा सुविधा उपलब्ध गराउन स्थापना भएका स्थानीय तहले जनताको पिडामा समेत लूट मच्चाउन थालेपछि जनता झन मारमा परेको स्थानीयको गुनासो छ । 

अर्का किसान ध्रुव श्रेष्ठले पनि आफूले १५ सय रुपैयाँ तिर्नुपरेको गुनासो गरे । ‘यो देशका नेता र घुसखोरी कर्मचारीलाई हामी जस्ता किसानले नै त पालेका छाैं’, उनले भने ‘मैले पनि रु १५ सय तिरेको छु ।’

४ बर्ष अगाडि

प्रतिक्रिया