प्रथम चौमासिकको प्रगति अनुगमन शुरु

४ बर्ष अगाडि

तनहुँका स्थानीय तहमार्फत भइरहेका कामका बारेमा जानकारी लिने उद्देश्यले जिल्ला समन्वय समितिले अनुगमन शुरु गरेको छ । जिल्लाका दशवटै स्थानीय तहले चालू आव २०७६÷७७ का चार महिनाको अवधिमा गरेका कामका बारेमा जानकारी लिन अनुगमन शुरु गरिएको समन्वय समितिले जनाएको छ ।

चालू आवका लागि स्वीकृत भएको बजेट, योजनाको कार्यप्रगति बुझ्न स्थानीय तहको अनुगमन थालिएको समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङले जानकारी दिए । उनका अनुसार म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका र भीमाद नगरपालिकामा प्रथम चौमासिकको प्रगति बुझ्न अनुगमन भइसकेको छ भने अन्य स्थानीय तहमा पनि क्रमशः अनुगमन गरिनेछ ।

अनुगमनका क्रममा विकास योजना र दैनिककार्य सञ्चालनमा आइपरेका समस्याबारे जानकारी लिई सम्बन्धित निकायमा समाधानका लागि पठाइने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । उहाँका अनुसार स्थानीय तहले गत आर्थिक वर्षमा सम्पन्न गरेका विकास योजनाको पनि अनुगमन गरिएको छ ।

अनुगमनमा समन्वय समितिका प्रमुख वाग्लेसहित उपप्रमुख पवित्रा पौडेल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरीलगायत सदस्य विभिन्न स्थानीय तहमा पुगेका छन्। जिल्ला समन्वय समितिलाई जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणसम्बन्धी कार्यमा सन्तुलन कायम गर्ने र सोको अनुगमन गर्ने, जिल्लामा रहने स्थानीय तह र प्रदेशका सरकारी कार्यालय स्थानीय तहबीच समन्वय गर्ने जिम्मेवारी रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया