करिब १६ अर्ब ५९ करोड हकप्रद सेयरका लागि धितोपत्र बोर्डमा निवेदन

४ बर्ष अगाडि

नेपाली सेयर बजारमा करिब १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर थपिने भएको छ । 

विभिन्न नौवटा कम्पनीले सो मूल्यको हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । 

सेयर निष्कासनका लागि निवेदन दिने कम्पनीहरुमा जलविद्युत्, बिमा र उत्पादनमुलक कम्पनीहरु छन् । 

उनीहरुले १६ करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि निवदेन दिएको  बोर्डले जनाएको छ ।

निवदेन दिएकामध्ये हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले जलविद्युत् क्षेत्रमा लगानी बढाउने उद्देश्यले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता र अपी पावर कम्पनीले दुई अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको दुई करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएका छन् । 

श्रीराम सुगर मिल्सले पनि ८९ करोड तीन लाख ९४ हजार रुपैयाँ बराबरको ८९ लाख तीन हजार कित्ता  हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ ।  

त्यस्तै, नाग्दी ग्रुप पावर लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी ले पनि हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् ।

चुक्ता पुँजी बढाउनका लागि विभिन्न जीवन र निर्जीवन बिमा कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्ने भएका छन् ।

बिमा कम्पनीको नियामक निकाय बिमा समितिले जीवन बिमा कम्पनीको हकमा दुई अर्ब र निर्जीवन बिमा कम्पनीलाई एक अर्ब रुपैयाँ पुँजी पु¥याउन निर्देशन दिएपछि यी कम्पनीले पनि हकप्रद सेयर निष्कासन गरी चुक्ता पुँजी बढाउने भएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया