मार्चदेखि उडाउन नपाउने भएका कारण बोइङ्गको टेण्डर : निगम

४ बर्ष अगाडि

नेपाल वायुसेवा निगमको ग्राउण्डेड बोइङ्ग ७५७  विमान उडाउन नपाउने भएका कारण बिक्री गर्न लागेको जनाएको छ । 

उक्त जहाजले गर्दा सन् २०१९ को मार्चदेखि उडान भर्न नपाएका कारण जहाज बिक्री गर्न लागिएको निगमले जनाएको छ । 

‘गण्डकी’ नाम दिइएको उक्त विमान ३२ वर्ष पुरानो हो । निगमले सन् १९८८ मा अमेरिकी कम्पनी बोइङसँग खरिद गरेको यो जहाजले राष्ट्रिय ध्वजा बोकेर युरोप र जापानसम्मको उडान भरेको थियो । 

निगमले एयरबस भित्र्याएपछि उक्त बोइङ मलेसिया पठाएर मर्मतका लागि १० करोड खर्च गरिएको थियो । तर मलेसियाबाट ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखिएको थियो ।

गत वर्ष स्विस कम्पनी फिन्टेकका प्राविधिकले बोइङको मूल्य ६४ लाख अमेरिकी डलर ९७३ करोड रुपैयाँ० राख्न सिफारिस गरेपनि अहलिे ४२ लाख ५० हजार अमेरिकी डलर ९४८ करोड ५० लाख रुपैयाँ० मा बिक्रीको सूचना राखिएको छ । 

एक वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर गत ११ असारमा ७६ लाख ७६ हजार अमेरिकी डलर ९करिब ८८ करोड० निर्धारण गरेको थियो । तर, आवेदन नपरेको भन्दै निगमले चार महिनापछि २६ कात्तिकमा सोझै ४५ प्रतिशत मूल्य घटाएर दोस्रो सूचना जारी गरेको थियो ।  

तर निगमले भने मलेसियामा मर्मत गरेर ल्याएपछि तुरुन्त सी चेकमा लैजानुपर्ने भएपनि उडान गर्दा आम्दानी भन्दा मर्मत खर्च धेरै आउने भएकोले बिक्रीको निर्णय भएको जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया