४५ प्रतिशत लाभांश दिदैँ डिप्रोक्स लघुवित्त, अघिल्लो वर्षको तुलानामा २५ प्रतिशत धेरै

४ बर्ष अगाडि

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई दिने लाभांश घोषणा गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४५ प्रतिशत लाभंश दिने प्रस्ताव गरेको हो । यो लाभांश यस अघिल्लो वर्ष को भन्दा २५ प्रतिशतले बढी हो ।

यस अघि २० प्रतिशत मात्रै लाभांश दिएको संस्थाले यस वर्ष भने ३० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लघुवित्तको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया