सरकारलाई विभिन्न दातृ निकायको ५३ अर्ब ३९ करोड सहायता

४ बर्ष अगाडि

विभिन्न दातृ निकाय नेपालमा विभिन्न कार्यक्रम सञ्चालनका लागि ५३ अर्ब ३९ करोड सहायता दिने भएका छन् । 

एसीयाली विकास बैंक, युरोपेली लगानी बैंक र स्वीस सरकारले विभिन्न कार्यक्रमको लागि अनुदान तथा ऋण सहायता दिने भएका हुन् । 

एशियाली विकास बैंकले मात्र विभिन्न आयोजना सञ्चालन गर्न ३९ अर्ब ८७ करोड सहायता दिने भएको हो । जसमध्ये वाग्मती नदी तटीय क्षेत्र सुधार आयोजनाका लागि ७ अर्ब १२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण तथा प्राविधक सहायता, पृथ्वी राजमार्गको मुग्लिङ्ग पोखरा सडक सुधारका लागि सासेक राजमार्ग सुधार आयोजना अन्तर्गत २१ अर्ब ४५ करोड, ग्रामिणउद्यम वित्तिय परियोजनाका लागि ५ अर्ब ६५ करोड र खाद्य सुरक्षा र कृषि व्यवसायीकरण कार्यक्रमका लागि ५ अर्ब ६५ करोडको ऋण सहायता छ । 

त्यस्तै विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकले १२ अर्ब ५२ करोड ऋण दिने भएको छ । 

प्रदेश नं. १ मा प्रदेश सहयोग कार्यक्रमका लागि स्वीस सरकारले १ अर्ब रुपैयाँ अनुदान सहायता दिने भएको छ । 

यी मध्ये अन्य सहायताको रकम सरकारले स्विृकत गरीसकेको छ भने युरोपेली लगानी बैंकले प्रस्ताव गरेको सहायता लिने विषयमा छलफल गर्नका लागि वार्ता टोली समेत गठन गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए । 
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया