नवीकरण नगराउने ग्राहकको डिम्याट खाता रोक्का गरिने

४ बर्ष अगाडि

नबिल इन्भेष्ट बैंकिङ्गले  आफ्ना ग्राहकहरुलाई डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ।

नबिल इन्भेष्टले एक सूचना मार्फत एक साताभित्र डिम्याट खाता नवीकरण गराउन आफ्ना हितकारी ग्राहकलाई अनुरोध गरेको हो ।

यस अघि पनि कम्पनीले ग्राहकलाई पटक पटक  डिम्याट खाता नवीकरण गराउन अनुरोध गरेको थियो ।

कम्पनीले त्यस समय खाता नवीकरण नगराएका निक्षेप सदस्यले ७ दिन भित्र डिम्याट खाता नवीकरण नगराए खाता रोक्का गरिदिने चेतावनी दिएको छ ।

खाता नवीकरण गर्न  डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले  शुल्क वापत एक सय रुपैयाँ तिनुपर्ने हुन्छ भने मेरोशेयर प्रयोगकर्ताका लागि थप ५० रुपैयाँ शुल्क  तिनुपर्ने हुन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया