पोखरा प्रिमियर लिगले फेरी माहोल तताउँदै, कुन टिमको अवस्था के ? (खेलाडीको सूचीसहित)

४ बर्ष अगाडि

पोखरा प्रिमियर लिगको तयारी पुरा भएको छ । प्रतियोगितालाई सफल पार्न आयोजकले छोटो समयमा नै मैदानको काम लगायत सबै पुर्वाधार तयार पारेको छ । यसपटक प्रतियोगितालाई अघिल्लो संस्करणको तुलनामा झन उत्कृष्ट बनाउन आयोजकहरु लागिपरेका छन ।

यसपटक सहभागि सबै टिमहरुले पनि आफ्नो तयारी पुरा गरेका छन । प्रतियोगिताका लागि खेलाडी पोखरा पुग्ने क्रम सुरु भइसकेको छ । विदेशी खेलाडी अनुबन्ध देखि अन्य सबै तयारी पुरा गरिसकेका टिमहरुको एउटै लक्ष्य २७ लाख पुरस्कार रहेको उपाधि जित्ने नै रहेको छ ।

 यसपटक पेपरमा हेर्ने हो भने कुनैपनि टिमलाई कमजोर आँक्न सक्ने अवस्था छैन । सबै खेलाडीले विदेशी खेलाडीपनि राम्रा नै ल्याएका छन । तर अनुभव र स्क्वाड हेर्दाखेरी पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज अरु टिमको तुलनामा स्टार खेलाडी अनुबन्ध गर्न सफल भएको छ ।

सो टिममा विदेशी खेलाडी बाबर हायात, सन्नी पटेल र रोहन मुस्तफा रहेका छन । जसले टिमलाई थप मजबुत बनाएको छ ।

यता अरु टिमले पनि प्रायःजसो भारतीय खेलाडी ल्याएको छ । धनगढी ब्लुजले दुई जना क्यानेडीयन खेलाडी र विराटनगरले दुई जना पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेको छ ।

यसपटकको पीपीएलमा उपाधिका लागि छ वटै टिम लालायित छन । विशेष गरि अघिल्लो सिजन खासै राम्रो गर्न नसकेका विराटनगर र बुटवल, धनगढीले यसपटक सरप्राइज नतिजा निकाल्ने लक्ष्यमा छन ।

अबको दुई साता पीपीएलले फेरी घरेलु क्रिकेटको रौनक तताउनेछ । अचानक भएको मौसम बदलावले प्रतियोगितामा केहि समस्या गर्छ की भन्ने चिन्ता पनि छ । अघिल्लो सिजन विश्वभर नै चर्चा कमाएको पीपीएलले यसपटक पनि सोहि अनुसारको वावाहि पाउनेमा आयोजक विश्वस्त छन ।

कुन टिममा को को खेलाडी
पीपीएलमा सहभागि टिमहरु कोहि भन्दा कोहि कम छैन । घरेलु क्रिकेटमा नाम चलेका खेलाडीहरु यसपटक सबै टिममा बाढिएका छन । पीपीएलको दोस्रो संस्करणका लागि ६ वटा टिमले २७ खेलाडी रिलिज गरेको थियो । जसमा उनीहरुले अरु खेलाडीलाई अनुबन्ध गरेको थियो । यसपटकका पीपीएलमा केहि खेलाडीले कमब्याक पनि गर्दैछन ।

चितवन राइनोज
पारस खड्का (कप्तान), विक्रम शोब र विक्रम भुषाल, अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन ।

विदेशी खेलाडी
सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा

पोखरा पल्टन
रोहित कुमार पौडेल, विनोद भण्डारी, ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, शरद भेषावकर(कप्तान), कुशल मल्ल, आकश चन्द, अनिल गुरुङ।

विदेशी खेलाडी
रविइन्दर सिंह, पराग खानपुकार र पराग

विराटनगर टाइटन्स
प्रदीप ऐरी, दिलिप नाथ, दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनस थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल, साहव आलम , सुनिल धमला र लोकेश बम

विदेशी खेलाडी
पुनित मेहरा (भारत), मोहम्मद जैद आलम र नोमान खान (दुबै पाकिस्तानी)

काठमाडौं गोल्डेन्स
ज्ञानेन्द्र मल्ल कप्तान, पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल र अमृत भट्टाराई

विदेशी खेलाडी
गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी (तीनै जना भारतीय)

धनगढी ब्लुज
दीपेन्द्र सिंह ऐरी, मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम र अनिल खरेल

विदेशी खेलाडी
अमित यादव (भारत), श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस (दुबै क्यानडा)

४ बर्ष अगाडि

प्रतिक्रिया