के हो गो–एएमएल प्रकिृया ? होला त बैकिङ्ग अपराध रोकथाम !

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले माघ १ गतेबाट वाणिज्य बैंकहरुलाई गो–एएमएल प्रकिृयामा जान  निर्देशन दिएको छ ।बैंकले केही दिन अघि एक सूचना जारी गर्दै  वाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा एन्टी मनि लाउण्ड्रिङ सिस्टममा जान निर्देशन दिएको हो ।राष्ट्र बैंकले यस अघि नै गो–एएमएल प्रकिृया कार्यान्वयन गर्न खोजेको थियो ।

तर वाणिज्य बैंकहरु उक्त प्रकृया प्रति गम्भिर नबन्दा राष्ट्र बैंकले एएमएल प्रकिृयामा जान बैंकहरुलाई बाध्य बनाएको छ ।राष्ट्र बैंकका अनुसार तोकिएको मितिमा गो–एएमएल प्रकिृयामा नजाने वाणिज्य बैंकहरुले १० लाखदेखि ५ करोडसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

के हो गो–एएमएल प्रकिृया 

गो–एएमएल प्रकृया अनुसार प्रत्यक बैंकहरुमा ग्राहकहरुले जम्मा गर्ने रकमको स्रोत खुलाउनु पर्ने हुन्छ । यस प्रकृयालाई अन्तर्राष्ट्रियस्तरको सम्पति शुद्धीकरणको बलियो आधारको रुपमा लिइन्छ ।
सरल रुपमा भन्नुपर्दा यस प्रणालीले तपाईँले बैंकमा जम्मा गर्ने रकम कसरी आर्जन गर्नु भएको हो उक्त कुराको स्रोत स्पष्ट रुपमा खुलाउनु पर्ने हुन्छ ।

सबै बैंकहरुले यो सफ्टेवयर कार्यान्वयनमा ल्याएपछि  चेक जम्मा गर्न जानेले पनी बैंकहरुलाई सबै विवरण पेश गर्नु पर्नेहुन्छ । उक्त  सफ्टेवयर कार्यान्वयनमा ल्याए पश्चात बैंकहरुले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ । 

यो प्रकृया कार्यान्वयन भएपछी १० लाखभन्दा बढी रकम दिनभरिमा फरकफरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने छ  । अहिलेको अवस्थामा राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्ने गरेको छ ।

गत वर्ष पनि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई गो–एएमएल प्रकिृयामा जान निदेर्शन गर्दा बैंकहरु आलटाल गरे पछि यस वर्ष भने मिति नै तोकेर बाध्यात्मक रुपमा राष्ट्रबेंकले यो निति कार्यान्वयनमा ल्याउन लागेको हो ।बैंकबाट नै अबैधनीक ठूलो रकमहरु कारोबार हुने भएकाले अपराध रोकथाममा यस प्रणालीले ठूलो सहयोग पुर्याउने विश्वास रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया