नेपाल सेवाको लाभांश मात्र २ प्रतिशत

४ बर्ष अगाडि

नेपाल सेवा लघुवित्तले आफ्ना लगानकिर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ ।संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश अन्तगर्त संस्थाले चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१२५ प्रतिशत नगद गरी २.६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले प्रस्ताव गरेको यो लाभांश लघुवित्त कम्पनीहरु मध्येकै थोरै लाभांश रहेको छ ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत  भएर आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन्।६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी ६ करोड १५ लाख रुपैयाँ पुग्नेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया