एम्स कलेजमा व्यवस्थापन क्वीज

४ बर्ष अगाडि

बुटवलको एम्स कलेज अफ म्यानेजमेन्टले अतिरिक्त ज्ञान अभिबृद्धि गराउन स्नातक तहका विद्यार्थीहरुबीच व्यवस्थापन क्वीज सम्पन्न गरेको छ ।

अध्ययनका विषयबस्तु लगायत समसामयीक ज्ञान अभिबृद्धिका लागि व्यवस्थापन, अर्थशास्त्र, लेखाशास्त्र, वित्तशास्त्र, बजारशास्त्र, कर लगायत समसामयीक विषयवस्तुहरुलाई समाविष्ठ गराई प्रश्नहरु सोधिएका थिए ।

विभिन्न तहका सातवटा समूह बीच भएको प्रतिस्पर्धामा बीबीएस चौथो वर्ष प्रथम भएको थियो । दोश्रोमा बीबीएस तेस्रो वर्षको सेक्सन ए र देस्रो वर्ष सेक्सन बि तृतीय भएका थिए । 

कार्यक्रममा विजेता प्रतियोगिहरुलाई प्रमुख अतिथि एम्स एजुकेशन फाउण्डेसनका कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपाने एवं क्याम्पस प्रमुख दीपक ढकालले मेडल र प्रमाणपत्र प्रदान गरे । 

उनीहरुले अध्यनका विषयबस्तुहरुलाई शुष्म ढंगबाट ग्रहण गर्न यस्ता कार्यक्रमहरु अति आवश्यक रहने बताए । 

क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षता र सहायक क्याम्पस प्रमुख बिकाश श्रेष्ठको संचालनमा भएको कार्यक्रमको सहजिकरण प्राध्यापकहरु गोविन्द शर्मा बस्याल र काशिराज कार्किले गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया