बार्सिलोना फर्कने नेयमारको इच्छा, क्लबसँग गरे यस्तो अनुरोध

४ बर्ष अगाडि

पीएसजीका फरवार्ड नेयमार आफ्नो पूर्व क्लब बार्सिलोना फर्कनका लागि लामो समयदेखी प्रयासरत छन् । गत सिजनको अन्त्यमा बार्सिलोना फर्कनबाट असफल रहेपछि नेयमारले बार्सिलोनासामु फेरी आफ्नो लागि पीएसजीसँग प्रस्ताव राख्न अनुरोध गरेका छन् ।
सञ्चारमाध्यमले बातएअनुसार आफुलाई बार्सिलोना फर्काउनका लागि नेयमारले बार्सिलोनालाई ३.५ मिलयन खर्च गर्न अनुरोध गरेको हो ।

बर्सिलोनासँगको सम्झौता सफल नभएपछि नेयमारले केही समयअघि आफु पीएसजीमै खुसी रहने बताएका थिए तर लामो समयको अन्तरातपछि उनले फेरी बार्सिलोना फर्कने इच्छा देखाएका छन् ।

बर्सिलोनाका कप्तान मेस्सीले नेयमारलाई फर्काउन चाहेको बताएका थिए । त्यसो त मेस्सीले आफुले बार्सा छाडेपछि आफ्नो स्थान नेयमारले पाउने बताउँदै आएका छन् ।

नेयमारको यस अनुरोधप्रति बार्सिलोनाले भने केही प्रतिकृया दिएइएसकेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया