जाडोमा सताउँछ दमले, के खाने, के नखाने?

४ बर्ष अगाडि

दम, स्वासप्रश्वास सम्बन्धी समस्या हो । दम रोगीलाई श्वास फेर्नमा कठिनाई हुने गर्छ । कतिसम्म भने, सामान्य हिँडडुल गर्दा पनि सास बढ्छ । घ्यारघ्यार हुने, छाति दुख्ने र खोकीको समस्या पनि हुन्छ । यस्तो समस्या बृद्धबृद्धालाई मात्र होइन, साना बच्चालाई समेत हुन्छ ।

खानपानले पनि दम ?
धुमपान गर्नेलाई दमको समस्या हुन्छ । वायु प्रदूषण यसको अर्को कारण हो । केही अध्ययनहरुबाट पत्ता लागेको छ कि उचित पोषण प्राप्त नहुँदा दमको समस्या उत्पन्न हुन सक्छ । अमेरिकामा दमका रोगीहरु लगातार बढिरहेका छन् । यसको मुख्य कारण डाइटको ढाँचामा परिवर्तन हो भन्ने विश्वास गरिन्छ । अधिकांस अमेरिकीहरु ताजा फल र तरकारी खानुभन्दा प्रशोधन गरिएका खानेकुरा खान्छन्, जसले गर्दा पनि दमको खतरा पैदा हुन्छ ।

आज धेरै मानिसहरु दमको उपचारका लागि आयुर्वेदको सहारा लिने गर्छन् र यसको राम्रो परिणाम पनि दिइरहेको छ । यदि तपाईं पनि आफ्नो डाइट प्लानमा सुधार ल्याउनुहुन्छ भने निश्चित रुपमा राम्रो परिणाम प्राप्त हुनेछ ।

मोटोपनले पनि दमलाई बढाव दिन्छ । । कुनै पनि व्यक्तिको तौल सामान्य छ भने उसलाई दमले आक्रमण गर्ने खतरा स्वतः कम हुन्छ । वजन बढेको अवस्थामा दमको खतरा पनि बढेर जान्छ । त्यसैले दमका रोगीहरुका लागि स्वस्थ डाइट एकदमै महत्वपुर्ण छ । आउनुस, कस्ता खानेकुराले दम रोगीलाई राहत मिल्छ भन्ने चर्चा गरौं ।

ताजा फल
ताजा फल एन्टिअक्सिडेन्ट र भिटा क्यारोटिनको राम्रो स्रोत हो । सोधकर्ताहरुले सिद्ध गरेका छन् कि बाल्यकालमा अधिक फल खाएका व्यक्तिहरुलाई दम हुने सम्भावना अत्यन्त कम हुन्छ । कीवी र सुन्तला जस्ता फलमा अत्यधिक मात्रामा भिटामिन सी र इ पाइन्छ । यस प्रकारका फलले फोक्सो सुन्निने तथा पोल्ने पनि कम हुन्छ ।

ताजा र हरियो पत्तेदार तरकारी
दमका रोगीहरुका लागि ताजा र हरियो पत्तेदार सागसब्जी एकदमै लाभदायक हुन्छन् । यसमा अत्यधिक मात्रामा भिटामिन्स र प्mलेवोनाइड्स हुन्छ जसले शरीरमा मुक्त कणहरुलाई नष्ट गरिदिन्छ । यी मुक्त कण शरीरमा पाइने टक्सिस हुन्छन् जसले दमलाई अझै बढाउन सक्छ ।

ड्राइ फ्रुटस्
ड्राइ फुड्समा म्याग्नेसियम र भिटामिन इ पाइन्छ । त्यसैले दमका बिरामीका लागि यो फाइदाजनक हुन्छ । म्याग्नेसियमले गर्दा दममा हुने घ्यारघ्यार हुँदैन भने भिटामिन ईले इम्युनिटीलाई बढाउँछ ।

दाल
दालहरुमा क्यालोरी र फ्याट कम हुन्छ । यो दमका निम्ति एकदमै लाभदायक मानिन्छ । दालमा उच्च परिमाणमा फाइबर पाइन्छ जसले शरीरमा लिपिड्स र कोलस्ट्रोललाई कम गर्छ । यसले श्वासप्रश्वासमा एलर्जी पैदा गर्ने बाहिरी कणहरुलाई रोक्छ । दालमा फ्याटलाई घोल्ने कण पाइन्छ जुन दमको कारण हुने रुघाका ब्याक्टेरियालाई रोक्छ ।

जैतुनको तेलः ओमेगा ३ फ्याट
सर्दिनेस, साल्मोन र टुना जस्ता माछामा तथा विरुवाहरुमा पाइने केही पदार्थ जस्तै जैतुन र आलसको बिजमा ओमेगा ३ फ्याटी एसिड रहेको हुन्छ । यसलाई आफ्नो खानामा समावेश गर्नुपर्छ ।

कागति पानी नपिउने
कागतिमा भिटामिन सी पाइन्छ र कागतिको रसको धेरै गुण दमका रोगीका लागि लाभदायक मानिदैन ।

अत्यधिक मात्रामा कागतिको जुस वा कागति पानी पिउनाले छाति पोल्ने समस्या हुन सक्छ । यसका अलावा कागतिमा विद्यमान सल्फाइट्स र सल्फेटिङ एजेन्टका कारण दम हुन सक्छ । त्यसैले कागतिसँग एलर्जी भएका व्यक्तिहरु वा पहिल्यैदेखि दम भएका व्यक्तिहरुले कागति पानी नपिउँदा नै राम्रो ।

वाइन नपिउने
वाइनमा सल्फाइट्स नामक प्रिजर्भेटिभ हुन्छ जसले गर्दा दमले आक्रमण गर्न सक्छ । यद्यपि दमका रोगीले वाइन सेवन गर्नु हुन्छ कि हुँदैन भन्ने विषयमा प्रष्ट राय पाइदैन । यसको परिणाम स्पष्ट देखिएको छैन । परन्तु दमका रोगीले वाइन नपिएकै राम्रो ।

दुध पिउने कि नपिउने ?
दमका रोगीले दुध पिउनु हुन्छ कि हुँदैन भन्ने विषयमा पनि शंसय छ । दूध भिटामिन डीको राम्रो स्रोत हो र यसले वास्तवमा दमका रोगीलाई आराम दिन्छ । तर, केही व्यक्तिहरुलाई दुधसँग एलर्जी पनि हुन्छ । उनीहरुलाई दुध पिउँदा घ्यारघ्यार बढ्ने, खोकी लाग्ने र श्वासप्रश्वास सम्वन्धि समस्या हुन सक्छ । त्यसैले जोखिम उठाउनुभन्दा नपिउनु नै राम्रो हुन्छ ।

अत्यधिक अन्डा सेवन नगर्ने
दमको एउटा कारकतत्व अन्डा पनि हुन सक्छ । विशेषगरी दमबाट ग्रस्त बच्चाहरुलाई अन्डा र अन्डाबाट बनेका पदार्थ खुवाउनु हुँदैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया