मध्यरातमा विस्फोट : इन्सपेक्टरसहित ३ को मृत्यु

मंसिर २८, २०७६ | आजको अर्थ
ajaako_artha

धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा इन्सपेक्टर अमिर दहाल, राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 

गएराति १२ बजे राजेश्वरको घरको शौचालयनेर शंकास्पद बस्तु  फेला परेको जानकारी आएपछि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर दाहाल लगायत पुग्दा बम बिस्फोट भएको थियो ।

बिस्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गम्भीर घाइते भएका छन् । 

गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जनाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८