दूध ६ रुपैयाँ बढ्दा दुग्धवस्तु ५० रुपैयाँ महँगो

४ बर्ष अगाडि

काठमाडौं - सरकारले दूधमा प्रतिलिटर ६ रुपैयाँ बढाउँदा दुग्धवस्तुको मूल्य भने ५० रुपैयाँले महँगो भएको छ । निजी डेरीहरूले मात्रै हैन सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डीडीसी) ले समेत दुग्धजन्य पदार्थमा ५० रुपैयाँसम्म बढाएको छ ।
डीडीसीले दूधको मूल्य भदौ २१ गतेदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । त्यसलगत्तै निजी डेरी उद्योगहरूले असोज १ गतेबाट दुग्धजन्यवस्तुको मूल्यवृद्धि गरेका हुन् । डीडीसीले पनि कात्तिक २९ गतेदेखि लागू हुने गरी पनिर, घिउ, नौनी, दही, मिठाईलगायतको मूल्य बढाएको छ । डेरी एसोसिएसनका अनुसार पनिरमा प्रतिकिलो ५० रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार एक किलो पनिर खरिद गर्दा ६५० रुपैयाँ तिनुपर्छ । घिउमा प्रतिलिटर ५० रुपैयाँ बढेर ९ सय ५० रुपैयाँ, नौनीमा ५० रुपैयाँ बढेर ८ सय ५० रुपैयाँ पुगेको एसोसिएसनले जनाएको छ । यस्तै दहीमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । कान्तिपुरमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया