अक्षय कुमारले दिए श्रीमतीलाई प्याजको ईयररिङ गिफ्ट

४ बर्ष अगाडि

भारतमा अहिले प्याजको मूल्य निक्कै बढेको छ । भारतमा प्याजको उत्पादनमा उलेख्य गिरावट आएपछि यस्तो मुल्य वृद्धि देखिएको हो । 

भारतमै अहिले प्याज प्रति किलो १०० भारु माथि गइसकेको छ । 

यस्तोमा अभिनेता अक्षय कुमारले श्रीमती ट्विंकललाई प्याजको ईयररिङ गिफ्ट दिएका छन् । 

ट्विंकलले ईयररिङको तस्वीर शेयर गर्दै लेखेकी छिन् ,‘ मेरा पति द कपिल शर्मा शोबाट फर्किएपछि मलाई भने – त्यहाँ मैले प्याजको ईयररिङ करीनालाई देखाउँदा धेरै प्रभावित भइनन् । मलाई थाहा थियो कि तिमीलाई यो मन पर्नेछ, त्यसैले मैले यो तिम्रो लागि लिएर आएँ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया