टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना

४ बर्ष अगाडि

टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन् । 
हाल सत्तारुढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्ष समेत रहेका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासन सम्बन्धि कारबाही भएपछि उनले सो पार्टी परित्याग  गरेका थिए । 

त्यसपछि हालै मात्र नयाँ पार्टी  खोलिएको उनले घोषणा गरेका हुन् । सो नयाँ पार्टीको नाम  ‘फ्युचार’ रहेको डाभुटोग्लुल शुक्रबार घोषणा गरेका हुन् । 

 “यो फ्युचर पार्टी देशकै फ्युचर हो, टर्कीकै भविष्य हो,” पार्टी घोषणा समारोहमा उनले भने । 

 विरोध, आलोचना, डर र दबावकाबीच नयाँ पार्टी  घोषणा भएको पनि  उनले बताएका छन्।  देशलाई सुन्दरलाई बनाउनको लागि एकजुट भएर काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्तगरेका छन् । 

पूर्व विदेशमन्त्री समेत रहनु भएका डाभुटोग्लुले सन् २०१४ देखि २०१६ सम्म प्रधानमन्त्री बनेका थिए । उनी टर्कीको राष्ट्रपति रेसेप तायिप एर्डोगानको अतिनिकटको सल्लाहकार पनि भएका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया