छायाँ सेन्टरमा सुरु भयो ‘क्रिसमस मार्ट २०१९’

४ बर्ष अगाडि

क्रिसमस डे नजिकिदै गर्दा राजधानीको ठमेल स्थित छाँया सेन्टरमा क्रिसमस मार्ट २०१९ सुरु भएको छ । 

शुक्रबार एक कार्यक्रमका बिच जमर्न दुतावासकी डेपुटी चिफ अफ मिशन डा. क्लाउडिया हाईपलले मार्टको उद्घाटन गरिन् । मार्ट उद्घाटन गर्दै हाईपलले मार्टले क्रिमसका बेला सबै पक्षको पारिवारिक, सामाजिक तथा व्यवसायिक वाताबरण सुमधुर बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन् । 

नेपाल भ्रमण बर्ष २०२० को प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्र्स एजेन्टसको सहकार्यमा कार्ल डुईसवर्ग सोसाइटी नेपाल र इभेन्ट शोलुसन प्रालिको संयुक्त आयोजनामा मार्ट सञ्चालन गरिएको हो । 

नजिकदै गरेको क्रिसमस डे र नेपाल भ्रमण बर्ष २०२० बो पूर्वसन्ध्यामा गरिएको यस कार्यक्रमले नेपालको पयर्टन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा लिइएको कार्ल डुईसवर्ग सोसाइटी नेपालका अध्यक्ष विजय सागर प्रधानले बताए । 

क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिईन् । उनका अनुसार मार्टमा स्वप्न सुमन, द ट्रिपलेटस् , लु सिड ड्रिम्स तथा प्रितिका थापा मगर लगायतको लाइभ प्रस्त्ुति रहने छ ।  
साथै नजिकदै गरेको क्रिमसश डे लाई लक्षित गर्दै विभिन्न स्टलहरु पनि रहने छन् । विभिन्न परिकारका खाना, बेकरी, डेकोरेशन, शान्ता क्लज, किड जोन लगायत आर्कषक उपहार समेत रहने आयोजकले जनाएको छ ।

क्रिसमस मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म संचालन हुनेछ । आइतबार राती मार्टको समापन हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया